समाचार
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग सरेको सम्बन्धी सूचना ! विभाग सर्ने सम्बन्धी सूचना। मिति २०८१-१२-१० को प्रेस विज्ञप्ति। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मिति २०८१/१२/०८ मा जारी गरेको प्रेश विज्ञप्ति न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्वन्धी सूचना। श्रमिक आपूर्तिकर्ता कम्पनिको ईजाजत तथा श्रमिकलाई लगाउन सकिने काम सम्बन्धी सूचना। श्रम अडिट गर्ने सम्बन्धी सूचना। बालश्रम निवारण सम्बन्धी सूचना। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन सम्बन्धी सूचना। सामाजिक सुरक्षाकोषमा योगदान सम्बन्धी सूचना। न्यूनतम पारिश्रमिक लगायत श्रम ऐन कार्यान्वयव बारे सूचना। श्रमाधान कल सेन्टर तथा यस सँग सम्बन्धित जानकारीमूलक सामाग्रीको QR Code

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको परिचय

१.१   श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको गठनः

श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । विभागको कार्य सञ्‍चालनबाट उद्योग कलकारखाना र व्यवसायहरुको प्रवर्द्धनको लागि श्रमिक र रोजगारदाताबीच पारस्परिक हित र लाभमा आधारित सुमधुर श्रम सम्बन्ध कायम गरी उत्पादकत्व बृद्धि गर्ने र श्रमिकहरुको हकहितको सरंक्षण गरी स्वस्थ्य औद्योगिक वातावरण कायम राख्ने लक्ष्य राखिएको छ ।

तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई वि.सं. २०३८ सालमा श्रम मन्त्रालय स्थापना भएपछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भएपछि विभागको कार्यक्षेत्र विस्तार गरी वि.सं २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवर्द्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगारसम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा आन्तरिक श्रम व्यवस्थापनले पर्याप्त महत्व र प्राथमिकता पाउन सकेन । श्रम व्यवस्थापन सम्बन्धी विषयको नीति निर्माण र प्रभावकारी कार्यान्वयनबाट बेरोजगारी घटाई मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु आजको आवश्यकता हो । यसै विषयमा केन्द्रित भई कार्य सम्पादन गर्ने प्रयोजनले वि.सं. २०६५ पुस १६ गते तत्कालीन श्रम तथा रोजगार प्रवर्द्धन विभागलाई पुनर्संरचना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहनेगरी श्रम विभागको स्थापना गरिएको थियो भने २०७५ साउन १ गतेदेखि हालसम्म श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको नामबाट सञ्‍चालनमा रहेको छ ।

१.२ नीति तथा कार्यनीतिः

प्रविधिको क्षेत्रमा विश्‍वव्यापी गतिशीलता र विकासले श्रम बजारलाई केही समययता तीव्र गतिमा परिवर्तन ल्याएको छ । श्रम बजारमा निरन्तर प्रवेश भइरहेको श्रमशक्तिलाई रोजगारीको सुनिश्चितता गर्नु चुनौतीको विषय बन्दै गएको छ । यसै आवश्यकताअनुसार राष्ट्रिय श्रम नीति २०५६ जारी गरी कार्यान्वयन गरियो । उक्त नीतिबाट अन्तर्राष्ट्रिय श्रम संगठनका आधारभूत मापदण्डहरु बमोजिम श्रम क्षेत्रलाई संगठित र व्यवस्थित गर्ने प्रयास अघि बढ्यो । यसबाट श्रम प्रशासनको क्षेत्रमा संवादको संस्कृति विकास गर्न संस्थागत संरचनाको स्थापना हुन थाल्यो ।

श्रम तथा रोजगारको क्षेत्रमा नयाँ अवसर तथा सम्भावनाहरुको खोजी एवं उपयोग गर्दै विद्यमान चुनौतीहरुको सामना गर्न, बँधुवा श्रम लगायत बाध्यकारी श्रम अभ्यासलाई उन्मुलन गर्दै उत्पादनमूलक रोजगारीको प्रवर्द्धन र न्यायोचित, स्वस्थ एवं मैत्रीपूर्ण श्रम सम्वन्धको विकासका लागि सबै क्षेत्र तथा निकायहरुको साझा प्रयास तथा चासोको विषय बनाउन नीति परिमार्जनको आवश्यकताको महसुस भई नेपाल सरकारले श्रम तथा रोजगार सम्बन्धमा विभिन्न नीतिगत व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा नेपालको संविधानले श्रम तथा रोजगार सम्बन्धी नीतिको संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधानको धारा ३४ मा श्रमको हक अन्तर्गत प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ भनी उल्लेख भएको छ। नेपालको संविधानको धारा ५१(झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, मर्यादित श्रमको अवधारणा अनुरुप सबै श्रमिकको आधारभूत  अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, बालश्रम लगायत श्रम शोषणका सबै रुप अन्त्य गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागिता प्रोत्साहन गर्ने, वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी तथा अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने र वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति लिइएको छ ।

श्रम तथा रोजगार सम्बन्धी राष्ट्रिय नीति तथा श्रम सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्वदेशमा मर्यादित रोजगारका अवसरहरु सिर्जना गर्दे बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्ने र निश्चित समय अवधिको अनिवार्य रोजगारीको अवसर उपलब्ध गराउने गरी राष्ट्रिय रोजगार नीति, २०७२ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको छ । सोही बमोजिम कार्यनिीतिहरु कार्यान्वयन गरी लक्षित प्रतिफल हासिल गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग कार्यरत रहेको छ।

त्यसैगरी सोह्रौं योजना (आ.ब. २०८१/८२-२०८५/८६) मा मर्यादित कामको प्रवर्द्धन मार्फत असल श्रम सम्बन्ध कायम गर्ने, व्यवसायहरूको दर्ता, श्रमिकको पञ्जीकरण, सीपयुक्त तालिमको प्रमाणीकरणमार्फत अनौपचारिक श्रमलाई क्रमशः औपचारीकरण गर्ने, व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको माध्यमबाट व्यवसायजन्य जोखिम न्यूनीकरण गर्ने, श्रम बजारमा रहेका लैङ्गिक विभेद र असमानता हटाउने, स्याहारसम्बन्धी काम तथा अर्थतन्त्रलाई व्यवस्थित गर्ने, मौजुदा कानूनको पुनरावलोकन र परिमार्जन गर्ने, श्रमको सम्मान गर्ने सोच र संस्कृतिको विकास गर्ने, श्रम कार्यालयहरूको विस्तार तथा सवलीकरण गर्ने, सीप र तालिमको प्रमाणीकरण गर्ने, श्रम व्यवस्थापन सम्बन्धमा तहगत सरकारहरूको कार्यक्षेत्र सुस्पष्ट गरी सम्बन्धित तहलाई परिचालन र जिम्मेवार बनाउने, बाध्यकारी श्रम उन्मूलन, निकृष्ट प्रकृतिको बालश्रम र जोखिमपूर्ण कार्यमा संलग्न बालबालिकाको उद्धार र संरक्षण गर्ने भन्ने रहेको छ।

१.३ दूरगामी सोचः

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धी, दक्ष एवं सीपयुक्त जनशक्तिको उत्पादन तथा रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै सुरक्षित, मर्यादित र स्वस्थ कार्य वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पु¥याउने दूरगामी सोच रहेको छ ।

१.४ श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग गठनका उद्धेश्यहरुः

श्रम सम्वन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्य वातावरण सिर्जना गरी औद्योगिक सुसम्वन्ध कायम गर्ने र देशमा उपलब्ध श्रम शक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पु¥याउने विभागको उद्देश्य रहेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको खास उद्देश्य निम्न बमोजिम रहेको छः

  • श्रमिकहरुको हक हित संरक्षण, सम्वर्द्धन गर्दै स्वस्थ, सुरक्षित र मर्यादित कार्य वातावरण सिर्जना गर्ने ।
  • श्रमशक्तिको विकास र सदुपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्नका लागि सुमधुर औद्योगिक सम्बन्ध कायम गर्ने ।
  • स्वदेशी तथा विदेशी श्रम बजारको माग अनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउन सहयोग पु¥याउने ।
  • सबै प्रकारको बालश्रम निवारण गर्दै निकृष्ट प्रकृतिका बालश्रमलाई प्राथमिकताका साथ उन्मूलन गर्ने ।
  • स्वदेशमा मर्यादित रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।

१.५ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका कार्यहरुः

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्रचलित ऐन, नियमहरुबाट आफूलाई निर्दिष्ट गरिएको कार्य विवरण निम्न अनुसार रहेको छः–

क) श्रमिक र उद्योग प्रतिष्ठानका व्यवस्थापनबीच स्वस्थ तथा सुमधुर औद्योगिक सम्बन्ध कायम गर्ने,

ख) श्रमसम्बन्धी कानून तथा नीति, निर्देशनको कार्यान्वयन गर्ने, गराउने,

ग) श्रमिकहरुको आधारभूत हक अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने,

घ) कामदारहरुको सम्बन्धमा आउने श्रम विवादहरुको समाधान गर्ने,

ङ) व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्य गर्ने,

च) औद्योगिक दुर्घटना र व्यवसायजन्य रोगहरुको न्यूनीकरण गर्ने गराउने,

छ) बालश्रम निवारणसम्बन्धी कार्य गर्ने,

ज) गैर नेपाली नागरिकलाई श्रम इजाजत तथा श्रम स्वीकृति प्रदान गर्ने,

झ) ट्रेड युनियनको दर्ता, अभिलेख र अन्य कार्य गर्ने,

ञ) श्रमिक आपूर्तिकर्ता इजाजतपत्र नियमित प्रदान गर्ने,

ट) श्रम तथा रोजगार बजारसम्बन्धी तथ्यांक संकलन, विश्लेषण, अध्ययन, अनुसन्धान गर्ने,

ठ) नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति निर्देशन अनुसार अन्तराष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने,

ड) मातहतका कार्यालयहरुको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने,

ढ) श्रमिक आप्रवासन व्यवस्थापनसम्बन्धी कार्यहरु गर्ने,

ण) विभागलाई निर्दिष्ट भई आएका अन्य कार्यहरु गर्ने ।

१.६ श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका शाखाहरुः

प्रशासन शाखा

  • कर्मचारी प्रशासन, सामान्य प्रशासन, दैनिक प्रशासन संचालन तथा आन्तरिक व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
  • कर्मचारीको सरुवा, बढुवा, काज, अबकाश, दण्ड सजाय, विदा स्वीकृत, कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्य सम्पादन गर्ने ।
  • मातहतका निकायमा परिपत्र गर्ने, राय प्रतिकृया दिने, मासिक चौमासिक र वार्षिक प्रगति विवरण तयार गर्ने, प्रकाशन गर्ने, मातहतका निकायहरुको वार्षिक प्रगति समिक्षा गर्ने,
  • विभागको वेभसाईट र सरकारी ईमेल व्यवस्थापन गर्ने,
  • विभागबाट प्रकाशित हुने मासिक/ अर्धवार्षिक/ वार्षिक प्रतिवेदन तथा बुलेटिन/सूचना/जानकारी/विज्ञप्ती लगायतका विवरण वेभसाइटमा अद्यावधिक गर्ने,
  • सूचनाको हकसम्बन्धी ऐन/नियम बमोजिम सरोकारवाला व्यक्ति र संस्थाबाट माग भएका सूचना उपलव्ध गराउने,
  • विभाग र मातहतका कार्यालयहरुका व्यवस्थापन सूचना प्रणालीहरु एकीकृत रुपमा संचालन, अद्यावधिक, सुधार तथा सुरक्षाको प्रत्याभूति सहित समन्वयात्मक कार्य गर्ने,
  • विभागसँग सम्बन्धित सूचना प्रविधि सम्बन्धी क्षमता विकास कार्यक्रम संचालन गर्ने,
  • सूचना प्रविधिसम्बन्धी उपकरण व्यवस्थापन तथा मर्मत व्यवस्थापन गर्ने गराउने,
  • वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने र स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने गराउने,
  • जिन्सी व्यवस्थापन तथा लिलामसम्बन्धी कार्य गर्ने, गुनासो सुनवाइ कक्ष, गुनासो सुनवाइ गर्ने अधिकारी र गुनासो सुनवाइसम्बन्धी कार्य गर्ने,
  • गुनासो सुनवाइको अभिलेख अद्यावधिक राख्ने,
  • अन्तर्गतका निकायहरुको आवश्यक्ता अनुसार अनुगमन, निरीक्षण सुपरीवेक्षण, मूल्याङ्कन गर्ने,
  • मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन गरी सुपरीवेक्षकोमा पेश गर्ने,
  • राजपत्र अनंकित कर्मचारीहरुको विदा तथा काज स्वीकृत गर्ने,
  • कार्यालयको सौन्दरीकरण, सरसफाई तथा सुरक्षा सम्वन्धी कार्य गर्ने,
  • कार्यालयको अन्य कम्प्युटर सर्भर, नेटवर्किङ्क, वेभसाईट लगायतका सूचना प्रविधि सम्बन्धित सम्पूर्ण कार्य गर्ने,
  • शाखा सम्बन्धी कागजातगरु सुरक्षित राख्ने तथा शाखाको प्रगति विवरण तयार गरी पेश गर्ने,
  • तोकिए बमोजिम शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने।

कानून शाखा

  • आन्तरिक रोजगारसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको छानबिन तथा फर्छ्यौटसम्बन्धी आवश्यक कार्यमा राय प्रदान गर्ने,
  • आन्तरिक रोजगारसँगसम्बन्धी विवाद समाधान गरी पिडितलाई क्षतिपूर्ति दिलाउने कार्यमा राय प्रदान दिने गर्ने,
  • श्रमिकहरुको हकहित/गुनासो/उजुरीका सम्बन्धमा सम्बन्धित संस्था/रोजगारदाता र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्ने,
  • विभाग वा अन्तर्गतका कार्यालयहरुलाई आवश्यकतानुसार कानूनी राय, सुझाव उपलव्ध गराउने,
  • विभाग वा कार्यालयसँग सम्बन्धित विषयवस्तुमा सम्मानित अदालतहरुमा दायर हुने मुद्दाहरुमा सरकारी वकिल कार्यालयसँग समन्वय गरी प्रतिरक्षा गर्ने,
  • नियम विपरित कार्य गरेको पाईएमा रोजगारदाता, आवद्ध कर्मचारीलाई नियमानुसार आवश्यक कारवाहीका लागि महानिर्देशक समक्ष पेश गर्ने।

श्रम ईजाजत शाखा

  • विदेशीले श्रम स्वीकृतिका लागि पेश गरेका निवेदन र आवश्यक कागजातहरुरित पुगेको नपुगेको जाँच गर्ने,
  • रित पुगेका निवेदनहरु प्रचलित कानूनको परिधिभित्र रहेर श्रम स्वीकृतिको लागि पेश गर्ने,
  • प्रतिष्ठानमा कार्यरत गैर नेपाली कामदारहरुको विवरण अध्यावधिक गर्ने, सो सम्बन्धमा प्रतिष्ठान अनुगमन निरीक्षण गर्ने,
  • प्रतिष्ठानहरुमा गैर नेपाली कामदारहरुको विवरण अध्यावधिक गर्न लगाउने साथै श्रम स्वीकृति नलिइ काममा लगाएको पाइएमा कानून बमोजिम कारवाहीको लागि पेश गर्ने,
  • गैर नेपाली कामदारहरुको श्रम स्वीकृतिसम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन गर्ने गराउने,
  • सोसम्बन्धी आवश्यक छानविन तथा जाँचबुझ गर्ने गराउने,
  • शाखाको अभिलेख अध्यवाधिक राख्ने, तोकिएबमोजिम प्रगति विवरण तयार गरी पेश गर्ने,
  • तोकिएबमोजिम शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।

आर्थिक प्रशासन शाखा

  • वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्षको साधारण तर्फको अनुमानित बजेट तयारी र स्वीकृतिको लागि पेश गर्ने,
  • स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा प्रशासन शाखालाई सहयोग गर्ने,
  • कार्यालय प्रमुखले माग गरेमा आर्थिक राय पेश गर्ने,
  • विनियोजन बजेट अन्तर्गत महालेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकासा तथा नियमानुसार भुक्तानी गर्ने,
  • आम्दानी खर्चको लेखाङ्कन, रकमान्तर तथा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
  • ऐन नियमले तोके बमोजिम श्रेस्ता राखे,
  • नियमानुसार आवश्यक पर्ने मास्केवारी तथा अन्य फाँटवारी नियमितरुपमा तयार गर्ने र सम्बन्धित निकायमा पेश गर्ने,
  • बेरुजु फर्छ्यौट तथा पेश्की फर्छ्यौटसम्बन्धी कार्य गर्ने ।

      बाध्यकारी श्रम निवारण तथा रोजगार शाखा

  • बालश्रम तथा बाध्यकारी श्रमसम्बन्धी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन निरीक्षण गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रम निवारणसम्बन्धी गोष्ठी, कार्यक्रम संचालन तथा सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने,
  • बालश्रम तथा बाध्यकारी श्रमसम्बनधी कानूनी व्यवस्था, आदेश, निर्देशन र निर्णयहरु कार्यान्वयन गर्ने गराउने
  • बालश्रम तथा बाध्यकारी श्रमसम्बन्धी सूचना तथ्याङ्क तथा अभिलेखहरु सुरक्षित राखे तथा अध्यावधिक गर्ने गराउने र आवश्यक्ता अनुसार प्रकाशित गर्ने,
  • आन्तरिक रोजगारसम्बन्धी मातहतका निकायसँग समन्वय गर्ने,
  • आन्तरिक रोजगारसम्बन्धी गोष्ठी, कार्यक्रम संचालन तथा सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने,
  • शाखाको अभिलेख अध्यवाधिक राख्ने, तोकिए बमोजिम प्रगति विवरण तयार गरी पेश गर्ने,
  • तोकिए बमोजिम शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।

व्यावसायजन्य स्वास्थ्य सुरक्षा शाखा

  • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कानूनको कार्यान्वयन गर्ने गराउने,
  • वोइलर तथा प्रेसर भेल्सलहरुको इजाजत पत्रहरु अभिलेखीकरण गर्ने,
  • व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति, कानून, योजना तथा रणनीति तर्जुमा तथा कार्यान्वयन गर्ने,
  • औद्योगिक प्रतिष्ठानमा प्रयोग गरिने खतरनाक मेशिन औजार उपकरण तथा अन्य खतरा अवस्था र संभावनाको निरीक्षण गरी खतरा अवस्थाबाट कामदारलाई बचाउन सुरक्षात्मक व्यवस्था बारे राय सल्लाह सुझाव दिने,
  • औद्योगिक प्रतिष्ठानहरुको कार्यस्थलमा विद्यमान भौतिक तथा अन्य तयारको अवस्था र सुरक्षीत सम्पर्कभान (Exposure Limit Values) का सम्बन्धमा आवश्यक अध्ययन गरी सम्बन्धित प्रतिष्ठानलाई जानकारी गराउने,
  • औद्योगिक प्रतिष्ठानहरुको कार्यस्थलमा विद्यमान भौतिक तथा अन्य खतरा अवस्था र सम्भावनाको बारेमा आवश्यक जानकारी पत्र तयार पार्ने र सो को प्रयोगमा प्रतिष्ठानलाई सहयोग गर्ने,
  • कामदारले अपनाउनु पर्ने व्यक्तिगत सुरक्षाका साधन र उपकरणहरुको बारेमा अध्ययन अनुसन्धान गरी उपयुक्त राय सुझाव दिने,
  • उद्योग प्रतिष्ठानमा हुने दुर्घटनाको अभिलेख संकलन गर्ने र दुर्घटना न्यूनीकरण गर्नका लागि स्थलगत निरीक्षण गरी परामर्श दिने,
  • व्यवसायजन्य दुर्घटना रोकथाम, कामदारको कार्यस्थल, स्वास्थ्य एवं सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिसम्वन्धी कार्य गर्ने,
  • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षण सामग्री उत्पादन, जनचेतना अभिवृद्धि तथा प्रशिक्षणसम्बन्धी कार्य गर्ने,
  • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने ।

श्रम सम्बन्ध तथा ट्रेड युनियन व्यवस्थापन शाखा

  • कार्यक्षेत्रमा पर्ने प्रतिष्ठानहरुको अद्यावधिक तथ्याङ्क व्यवस्थापन गर्ने,
  • प्रतिष्ठानहरुको अवस्थितिको नक्शांकन (Location Mapping) तयार र अद्यावधिक राखे,
  • प्रतिष्ठानहरु‌को अवलोकन, निरीक्षण तथा अनुगमनसम्बन्धी कार्यहरु गर्ने,
  • प्रतिष्ठानहरुको अवलोकन, निरीक्षण तथा अनुगमनसम्बन्धी कार्यविधि, मापदण्ड, निर्देशिका आदि तयार गर्न सहयोग गर्ने तथा आवश्यक सूचना, विवरण तथा जानकारीहरु उपलव्ध गराउने,
  • श्रमिक आपूर्तिकर्ता प्रतिष्ठानहरुको विवरण अद्यावधिक गर्ने साथै त्यस्ता प्रतिष्ठानहरुको अनुगमन निरीक्षण गर्ने,
  • श्रमिक आपूर्तिकर्ता प्रतिष्ठानहरुको इजाजतपत्र जारी तथा नवीकरणसम्बन्धी कार्य गर्ने,
  • श्रमिक आपूर्तिकर्ता प्रतिष्ठानहरुको अभिलेख अद्यावधिक तथा सुरक्षित राख्ने,
  • श्रमिक आपूर्तिकर्ता प्रतिष्ठानले प्रचलित कानूनी व्यवस्थाको पालना नगरेको पाइएमा कानून बमोजिम कारवाहीको लागि पेश गर्ने,
  • श्रमिक आपूर्तिकर्ता प्रतिष्ठान विरुद्ध उजुरी परेमा सो को छानबिन गरी नियमानुसार आवश्यक काम कारवाही गर्ने,
  • राष्ट्रियस्तरका ट्रेड युनियन संघ तथा महासंघको अभिलेख अद्यावधिक गर्ने,
  • राष्ट्रियस्तरका ट्रेड युनियन संघ तथा महासंघको संशोधित विधान प्रमाणित गर्ने तथा प्रमाणपत्र जारी र नविकरणसम्बन्धी कार्य गर्ने,
  • संस्थागत उजुरी फर्छ्यौटसम्बन्धी कार्य गर्ने,
  • श्रमिक तथा रोजगारदातासँग  सम्बन्धित श्रम ऐन तथा नियमावलीका प्रवाधानहरु कार्यान्वयन गर्ने,
  • श्रम अडिट संकलन गरी अध्ययन विश्लेलषण गरी आवश्यक काम कारवाही गर्ने,
  • प्रतिष्ठानहरुको अनुगमन तथा श्रम अडिटको प्रतिवेदन तयार गर्ने र सरोकारवालाहरुसँग आवश्यकता अनुसार छलफल अन्तरक्रिया आदि गर्ने,
  • श्रम सम्बन्धसम्बन्धी प्राप्त उजुरीको छानबिन गरी सोसम्बन्धी आवश्यक कारबाही गर्ने,
  • शाखासम्बन्धी कागजातहरु सुरक्षित राख्ने तथा शाखाको प्रगति विवरण तयार गरी पेश गर्ने।

     १.७ विभागको संगठन संरचना र कर्मचारीको दरबन्दी विवरणः

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग वा अन्तर्गतका लागि जम्मा १७९ जना कर्मचारी दरबन्दी स्वीकृत भएको छ । सो मध्ये विभागको लागि ३१ जना र कार्यालयको लागि १४८ जनाको दरबन्दी संख्या रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दूरगामी सोच

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच -(Vision) रहेको छ ।

 



































चक्र पाणी पाण्डे
चक्र पाणी पाण्डे
महानिर्देशक
info@dolos.gov.np
फोन : ०१-४७९०२०६
श्री विपिन राजभण्डारी
श्री विपिन राजभण्डारी
उप- महानिर्देशक
info@dolos.gov.np
फोन :
ई. मणिनाथ गाेप
ई. मणिनाथ गाेप
प्राविधिक निर्देशक/ प्रवक्ता/ सूचना अधिकारी
info@dolos.gov.np
फोन :
श्री प्रकाश अधिकारी
श्री प्रकाश अधिकारी
निर्देशक
info@dolos.gov.np
फोन : ०१-४७९००८८