HacklinkHacklink Alhacklink nedir

medyum

medyum

medyum

Department of Labour and Occupational Safety

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(CTEVT) अन्तरगत रोजगारीका लागि सीप परियोजना (Skill for Employment Project, SEP) एशियाली विकास वैङ्कको सहयोगमा संचालन हुदै आएको छ। यसको मुख्य लक्ष्य भनेको खासगरी महिला, दलित तथा पछाडि परेको वर्गको गरिवी निवारण तथा स्थायित्व पर्रवर्द्धन गर्नु रहेको छ। यसका लागि बजारमा आधारित छोटो अवधिका सीपमूलक (Market Oriented Short Term, MOST) तालिम का अवसरहरुमा लक्षित वर्गको पहूच बढाएर रोजगारीको दर अभिवृद्धि गर्ने उदेश्य राखिएको छ। SEP का विभिन्न कार्यक्रमहरुमध्ये रोजगार सेवा केन्द्र (Employment Service Centers, ESCs) को स्थापना पनि हो। SEPs स्थापनाको प्रमुख उदेश्य श्रम वजारमा तालिम र रोजगारीवीचको अन्तरलाई समवोधन गर्नु हो। यसका लागि सीपमूलक तालिम तथा रोजगारीका अवसरहरु सम्बन्धी सूचनाको व्यवस्थापनद्वारा लक्षित समूहको रोजगारीको दर अभिवृद्धि गर्नु नै हो। उक्त परियोजना तथा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत तत्कालीन श्रम तथा रोजगार पर्रवर्द्धन विभागको समन्वयमा आ.व. २०६४।६५ मा श्रम कार्यालय धनगढी, काठमाण्डौ र विराटनगर गरी तीन स्थानमा LMIS स्थापना गरिएको छ। श्रम बजार सूचना प्रणली (Labour Market Information System, LMIS) को विकास र विस्तार सम्बन्धी कार्य यी नै ESC बाट सम्पादन गर्नेगरी विगतमा शिक्षा मनत्रालयबाट कार्यक्रम समेत प्राप्त हुनेगरेको तर सो को कार्यान्वयन पक्ष भने सन्तोषजनक रहेको छैन। गत वर्षश्रम तथा रोजगार पर्रवर्द्धन विभागको विघटन भई श्रम विभाग र वैदेशिक रोजगार विभागको गठन भएपछि उक्त LMIS सम्बन्धी कार्य श्रम विभागबाट संचालन हुदै आएको छ। यस आ.व.मा LMIS अन्तरगत रोजगार सूचना केन्द्र तथा सेवा केन्द्रका कर्मचारीहरुका लागि श्रम बजार सूचना सम्बन्धी अन्तरक्रिया, रोजगारीका अवसर तथा श्रम नियम र सेवाहरुमा सरोकारवाहरुको पहूँच बढाउन श्रम विभागको रोजगार सेवा/सूचना केन्द्र सम्बन्धी प्रचार प्रसार लगायतका कार्यक्रम श्रम विभागबाट संचालन गर्नेगरी प्राप्त भएका छन्।


रोजगार सूचना केन्द्र

समृद्ध नेपाल निर्माण अभियान अन्तर्गत आ.व. ०६५।६६ को बजेट वक्तव्यमा मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरी बेरोजगारको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार श्रम विभाग मातहत प्रत्येक अंचलमा एउटा पर्ने गरी १४ वटा स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी संरचनागत रुपमा बेरोजगारहरुको लगत लिने कार्य आरम्भ भै हालसम्म यस कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु २०६७।६८ –६९।७० को त्रिवर्षीय योजनामा गरिबी निवारणका लागि सम्मानजनक, मर्यादित, लाभजन्य रोजगारीका अवसर वृद्धि गर्ने उद्देश्य राखिएको सन्दर्भमा रोजगार सूचना केन्द्रहरुलाई सुदृढ गरी एकीकृत रोजगार विनिमय केन्द्रको रुपमा विकसित गर्ने सूचीकृत जनशक्तिको लगत राख्ने विश्लेषण गर्ने तथा रोजगार विनिमय प्रणालीको विकास गरी ज्ञान, शीप, अनुभव, शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहुँच पुरयाउने काममा सहजता प्रदान गर्न नेपाल सरकारले रोजगार सूचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशिका, २०६९ स्विकृत गरी कार्यान्वयनमा समेत ल्याएको छ ।

रोजगार सूचना केन्द्रको रोजगार विनिमय सेवाको जानकारीको लागि हेर्नुहोला।  www.doleic.gov.np



































श्री नरेश राज खरेल
श्री नरेश राज खरेल
महानिर्देशक
dol.osh12@gmail.com
फोन : ०१-४७९०२०६




फोन :
ई. मणिनाथ गाेप
ई. मणिनाथ गाेप
प्राविधिक निर्देशक/ प्रवक्ता
dol.osh12@gmail.com
फोन : ०१-४७९०२०७
राजन पौडेल
राजन पौडेल
निर्देशक
dol.osh12@gmail.com
फोन : ०१-४७९००८८