√ English | नेपाली
HIGHLIGHT

Sanat K.C.

Director General

Phone :  

Video Clip
Home » Activities » श्रम स्वीकृती (Work Permit) सम्बन्धमा श्रम विभागको अत्यन्त जरुरी सूचना।

Activities


श्रम स्वीकृती (Work Permit) सम्बन्धमा श्रम विभागको अत्यन्त जरुरी सूचना।

Posted Date: 2014-04-26


 

गैरनेपाली नागरिकहरुको श्रम स्वीकृती व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०७० स्वीकृत भई कार्यान्वयनमा आईसकेको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारी गर्राईन्छ। उक्त स्वीकृत मार्गदर्शन यस विभागको वेव साईट www.dol.gov.np उपलब्ध छ।नेपालको औपचारिक, अनौपचारिक वा स्वरोजगार जुनसुकै क्षेत्रमा, जतिसुकै अवधिका लागि पारिश्रमिक लिई वा नलिई, साथै नेपालमा कामकाज गरे वापत नेपाल वाहिरबाट पारिश्रमिक पाउने गरी कामकाज गरिरहेका गैरनेपाली नागरिक भए पनि यदि हाल सम्म नेपाल सरकारको श्रम स्वीकृती (Work Permit) कुनै कारणले नलिइकन नेपाल भित्र कामकाज गरिरहेको भए त्यस्ता गैरनेपाली नागरिकहरुलाई प्रचलित कानून बमोजिम मिति २०७० चैत्र २७ गते भित्र अनिवार्य रुपमा श्रम स्वीकृती लिन आएमा श्रम कानून बमोजिम हुने दण्ड/ सजाय र जरिवाना एक पटकको लागि छुट दिने गरि नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयबाट निर्णय भएकोले सम्बन्धित सवैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।


[ Back To Activities ]