English | √ नेपाली
हाइलाइट
भुवन प्रसाद आचार्य
महानिर्देशक
भिडियो क्लिप
गृहपृष्ठ » हाम्रो बारेमा

हाम्रो बारेमा

श्रम विभागको गठन पहिलो पटक वि.सं. २०२८ सालमा भएको हो। विभागको कार्यसञ्चालनबाट उद्योग कलकारखाना र व्यवसायहरूको परवर्द्धनको लागि श्रमिक र रोजगारदाता बीच परस्पर विकास र लाभमा आधारित श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुने र श्रमिकहरूका हक अधिकारको संरक्षण गर्दै सुमधूर औद्योगिक वातावरण कायम राख्ने लक्ष्य राखिएको छ।तत्कालीन समयमा उद्योग मन्त्रालय अर्न्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो ।

वैदेशिक रोजगार एन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार पर्रवर्द्धन विभाग कायम भयो। वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र बढ्दो कार्यचापले गर्दा आन्तरिक श्रम व्यवस्थापनको कार्य ओझेलमा पर्दै गयो। आन्तरिक श्रम व्यवस्थापन सम्बन्धी विषयको नीतिगत व्यवस्था, श्रम सम्बन्ध सुधार, सुरक्षित, मर्यादित एवं स्वस्थ्य कार्यवातावरणको पर्रवर्द्धनबाट असल औद्योगिक सम्बन्ध स्थापना गरी बेरोजगारी घटाउने र मुलुकलाई आर्र्थिक सम्वृद्धितर्फ लैजाने लक्ष्य पूरा गर्न छुट्टै संरचनाको आवश्यकता महसुश गरी २०६५ पुस १६ गते श्रम तथा रोजगार पर्रवर्द्धन विभाग विघटन भई श्रम तथा यातायात व्यवस्था मन्त्रालय अर्न्तर्गत नै श्रम विभाग र वैदेशिक रोजगार विभाग अलग अलग स्थापना भएको हो।