English | √ नेपाली
हाइलाइट
भुवन प्रसाद आचार्य
महानिर्देशक
भिडियो क्लिप
गृहपृष्ठ » बाल श्रम

बाल श्रम

बालश्रम सम्बन्धी राष्ट्रिय गुरुयोजना

१.बालश्रमसम्बन्धी समस्याको गम्भीरता

नेपाल विश्वमा निकै उच्च बालश्रम दर रहेको मुलुकमध्ये एक हो। एक र्सर्वेक्षण अनुसार सन् १९९८/९९ मा नेपालमा ५ वर्षदेखि १४ वर्षउमेर समूहमा ४९ लाख बालबालिकाहरुमध्ये २० लाख -४१ प्रतिशत) बालबालिकाहरु विविधखाले श्रममा संलग्न रहने गरेको पाइएको छ।अन्तराष्ट्रिय श्रम संगठन -(ILO) बाट प्रायोजित अर्को एक र्सर्वेक्षण अनुसार करीव २६ लाख बालबालिकाहरु श्रममा संलग्न रहेको देखिन आएको थियो। ती मध्ये ९४.७ प्रतिशत कृषिक्षेत्रमा, १.५६ प्रतिशत सेवा क्षेत्रमा, १.५६ प्रतिशत निर्माण तथा यातायातको क्षेत्रमा, ०.८४ प्रतिशत साधारण प्राविधिक कार्यहरुमा, ०.७८ प्रतिशत औद्योगिक क्षेत्रमा र ०.४२ प्रतिशत व्रि्र्री वितरणको क्षेत्रमा सक्रिय रहेको पाइएको थियो।सोही र्सर्वेक्षणले के पनि देखाएको थियो भने करीव १० लाख बालबालिकाहरु स्कूल गैरहेका थिएनन् र एउटा ठूलै जमात न त स्कूलमा थियो न त काममा नै संलग्न रहेको थियो।श्रम क्षेत्रमा संलग्न बालबालिकाहरुमध्ये करीव ५५.३९ प्रतिशत बालिकाहरु थिए।

२. सामाजिक आर्थिक पक्ष

मुलुकमा विद्यमान सामाजिक तथा आर्थिक परिस्थितिहरुले गर्दा बालश्रमको समस्या कठीन र जटिल देखापर्छ । नेपालमा जनसंख्याको ९० प्रतिशत भाग ग्रामीण  क्षेत्रमा रहेको, त्यसको पनि अधिकांश भाग चाहिं कृषि क्षेत्रमा संलग्न रहने गरेको (८१ प्रतिशत), वयस्क साक्षरता दर कम रहेको (करीव ५० प्रतिशत), वैकल्पिक आर्थिक अवसरहरुको अभाव रहेको र सामाजिक तथा आर्थिक सुरक्षाका प्रावधानहरु अपर्रयाप्त रहेको सर्न्दर्भमा बालश्रम निवारण गर्ने कार्य आफैमा ठूलो चुनौतीको रुपमा देखा परेको छ। त्यसमा पनि गरीव परिवारका बालबालिकाहरुले काम गर्नुपर्छ भन्ने कुरालाई सामाजिक अनुमोदन प्राप्त छ। "गरीवहरुका सम्पत्ति भनेको तिनका सन्तानहरु हुन्" भन्ने भनाई पनि छ। तर नेपाली समाजका सीमान्त गरीव परिवारहरुमा बालश्रम भनेको नियति हो, विकल्पहीनताको स्थिति हो।